काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य एकैदिन ४१ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ७४ हजार सात सय रूपैयाँ पुगेको छ ।
यो मूल्य नेपाली बजारमा हालसम्मकै उच्च हो । यो मूल्य अघिल्लो रेकर्डभन्दा प्रतितोला चार हजार एक सय रूपैयाँ महँगो हो । यस्तै, सोमबार चाँदीको मूल्य पनि हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।
आइतबार तोलामा चार हजार नौ सय ९० रूपैयाँमा कारोबार भएको चाँदी सोमबार पाँच हजार एक सय ९५ रूपैयाँमा कारोबार भइरहेको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ४ हजार पाँच सय ६८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।






