एजेन्सी । भारतको उत्तर प्रदेशको गाजियाबादमा एक महिलाले बिवाह भएको तीन महिनामै बच्चा जन्माएकी छिन् । सुरुवाती दिनमा श्रीमतीको शरीरमा केही बदलाव देखिएपछि श्रीमानले प्रश्न गर्दा उनले त्यतिबेला ग्यासले पेट फुलेको बताएकी थिइन् । तर अल्ट्रासाउण्ड गर्दा उनको पोल खुल्यो, त्यसपछि श्रीमान प्रहरी कार्यालयमा पुगे । श्रीमतीले आफ्नो परिवारलाई धोका दिएको उनको आरोप छ ।
एक पत्रिकामा प्रकाशित रिपोर्ट अनुसार १८ मार्चमा लोहियानगरकी एक महिलाको विवाह मोहन नगरका एक युवकसँग भएको थियो । बिवाहको केही समयपछि उनको पेट बाहिर निस्किन सुरु भयो । श्रीमानले सोध्दा उनले विभिन्न बहाना बनाएर टार्न खोजेपनि पछि घटनाको पोल खुल्यो । महिला प्रहरीमा दिएको उजुरी अनुसार, श्रीमानले बिवाहको एक महिनापछि मात्रै श्रीमतीले आफू गर्भवती भएको बताएको खुलाएका छन् ।
सुरुमा त उनी निकै खुशी भएका थिए । कोरोनाका कारण उनले अनलाइनमा डाक्टरसँगको सल्लाहमा औषधि खुवाउन थाले । यसैबीच २५ जुनमा डाक्टरले चेकअपका लागि बोलाउँदा त्यतिबेला नै ८ महिना बढी भएको र जुनसुकै बेला पनि डेलिभरी हुन सक्ने भनेपछि उनी आत्तिए । उनी सँगै बस्न चाहेनन् र सासु ससुराले श्रीमतीलाई लिएर गए ।
२६ जूनमा महिलाले बच्चालाई जन्म दिइन् । अहिले उनको मुद्दा चलिरहेको छ, श्रीमती डिप्रशनमा छिन् ।






