सर्लाही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने बुधबार सर्लाही आउने भएका छन् । रास्वपा नेता तथा सर्लाही ४ का उम्मेदवार डा. अमरेश कुमार सिंहले मंगलबार नै सभापति लामिछाने बुधबार सर्लाही ४ मा आउने जानकारी दिँदै सम्पूर्ण आमा–बुबा, दाजु–भाइ तथा दिदी–बहिनीहरूलाई उत्साहपूर्वक उपस्थित भई सभापति लामिछानेलाई स्वागत गर्न अनुरोध गरेका थिए ।
सभापति लामिछाने महोत्तरीको बर्दिबास हुँदै सर्लाही प्रवेश गर्नेछन् । उनी दिउँसो २:१५ बजे सर्लाहीको लालबन्दी आउने छन् । त्यसपछि बयल बास, हरिपुर्ला, मलंगवा, गोडैत, बलरा, सिसौट, धनकौल, बरहथवा, नयाँ रोड हुँदै साँझ ५ बजे रौतहटतर्फ जाने बताइएको छ ।
सभापति लामिछानेको आगमनसँगै क्षेत्रको राजनीतिक माहोल थप तातिने अपेक्षा गरिएको छ । स्थानीयस्तरमा पार्टीका कार्यकर्ता तथा समर्थकहरू स्वागत कार्यक्रमलाई सफल बनाउन सक्रिय रूपमा जुटेका छन् ।




