काठमाडौं । रुकुमपूर्वबाट नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । प्रचण्डले आफ्ना प्रतिस्पर्धी भन्दा तीन गुणा बढी मत ल्याएर विजयी भएका हुन् ।
अन्तिम मत परिणाम अनुसार प्रचण्डले १० हजार २४० मत ल्याएका छन् । यहाँ एमालेका लीलामणि गौतमले ३ हजार ४६२ मत पाएका छन् ।
त्यसैगरि कांग्रेसका कुसुमदेवी थापाले ३ हजार ८१ मत पाएकी छन् भने रास्वपाका लखन कुमार थापाले ८१९ मत पाएका छन् । रुकुमपूर्वबाट जम्मा १९ हजार १ सय ८८ मत खसेको थियो ।






