महोत्तरी । महोत्तरी निर्वाचन क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार प्रमोदकुमार महतो विजयी भएका छन् । अन्तिम मतपरिणाम अनुसार महतोले ३४ हजार ६३६ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी नेपाली कम्युनिस्ट पार्टीका गिरिराजमणि पोखरेलले १२ हजार ६२४ मत मात्र प्राप्त गरे । यसैगरी नेकपा एमालेका लक्ष्मी महतो कोइरीले ६ हजार ५९१ मत ल्याउँदै तेस्रो स्थानमा रहे ।
मतपरिणामले महोत्तरी १ मा रास्वपाले उल्लेखनीय सफलता हासिल गरेको देखिएको छ ।






