सप्तरी । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत सप्तरी क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रामजी यादवले अग्रता निरन्तर बढाउँदै लगेका छन् । रामजी यादवले ५ हजार ७ मतसहित अग्रता लिँदा जनता समाजवादी पार्टीका उमेश कुमार यादव २ हजार १९७ मतसहित दोस्रो स्थानमा छन् ।
जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सीके) राउत भने २ हजार १४७ मतसहित तेस्रो स्थानमा छन् । यस्तै, नेपाली कांग्रेसका रामकुमार यादव ५१९ मतसहित चौथो स्थानमा छन् । मधेस प्रदेशका पूर्वमुख्यमन्त्री तथा स्वाभिमान पार्टीका उम्मेदवार सतिश कुमार सिंहले २६१ मत प्राप्त गरेका छन् ।






