काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत गुल्मी क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सागर ढकाल विजयी भएका छन् । ढकालले निकटतम प्रतिस्पर्धी एमालेका प्रदीप ज्ञवालीलाई १४ हजार ४६१ मतान्तरले पराजित गर्दै विजय हासिल गरेका हुन् ।
अन्तिम मत परिणाम अनुसार ढकालले २९ हजार ६४२ मत प्राप्त गरेका छन् । एमालेका ज्ञवालीले १५ हजार १८१ मत ल्याएका छन् भने नेपाली कांग्रेसका चन्द्रकान्त भण्डारीले १३ हजार ५०५ मत प्राप्त गरेका छन् ।






