एजेन्सी । पान, मसला होस् या गुट्खा, चुरोट । यी सबै कुरा स्वास्थ्यका लागि हानिकारक मानिन्छ । तर अहिले पनि धेरै मानिसहरुमा यसको लत छ, डाक्टरको सल्लाह सुझावका बाबजुद पनि कसैले खान छोडेका छैनन् । केही यस्ता व्यक्तिहरु पनि छन्, जो बिवाह भोजतिर पनि गुट्खा प्रेम लुकाउन सक्दैनन्, जसको परिणाम उनीहरुले भोग्नुपर्छ ।
यस्तै एक व्यक्तिले पनि आफ्नो गुट्खा प्रेम लुकाउन सकेनन् । यसकारण उनले बिवाहको मण्डपमा दुलहीको पिटाइ खानुपर्यो । सामाजिक सञ्जालमा सार्वजनिक भएको एक भिडियोबाट यो घटना बाहिर आएको हो । भिडियोमा दुलहीले दुलहाबारे जानकारी लिइरहेको देखिन्छ । किनकी दुलहा मण्डपमा बसेर गुट्खा चपाइरहेका थिए । मण्डपमा बसेकी दुलहीले उक्त कुरा थाहा पाएपछि उनी आक्रोशित हुन्छिन् ।
पहिले उनको अगाडी बसेको व्यक्तिलाई गाली गर्छिन् र थप्पड हान्छिन् । फेरि दुलहातिर मोडिएर उनलाई पनि गाली गर्दै, धक्का दिन्छिन् र पिट्छिन् । त्यसपछि दुलहा चुपचाप गुट्खा थुक्न जान्छन् । यो भिडियो इन्स्टाग्राममा सेयर गरिएको थियो, जसमा हजारौँ लाइक र कमेन्ट आएको छ । यद्यपी यो भिडियो कहाँको र कहिलेको हो भन्ने खुलाइएको छैन ।






