काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग भेटवार्ता गरेका छन् । साहले मंगलबार बिहान लामिछानेको निजीनिवास बूढानीलकण्ठ पुगेर भेटवार्ता गरेका हुन् ।
भेटवार्ताका क्रममा रविले मधेशलाई सरकारको प्राथमिकतामा राखेको जानकारी दिँदा आफू हर्षित भएको साहले बताएका छन् । देश र त्यसमा पनि मधेशले परिवर्तन चाहेको जनमतबाट स्पष्ट देखिएकाले यसलाई आत्मसात गरी पारस्परिक सहयोगमार्फत अघि बढ्ने विषयमा छलफल केन्द्रित भएको जनाइएको छ ।






