काठमाडौं । नेपाली सेनाले प्राड, प्राविधिक तथा हवाई विविध सेवा तर्फका पद तथा बिल्लादार पदहरू खुला प्रतियोगितामार्फत पूर्ति गर्न दरखास्त आह्वान गरेको छ ।
आयोगले जारी गरेको सूचना अनुसार आवश्यक योग्यता पुगेका नेपाली नागरिकहरूले सेनाको आधिकारिक वेबसाइट www.nepalarmy.mil.np वा भर्ना छनौट निर्देशनालयको पोर्टल http://vacancy.nepalarmy.mil.np मार्फत अनलाइन दरखास्त फाराम भर्न सक्नेछन् ।
अनलाइन फाराम भरेपछि त्यसको प्रिन्ट प्रतिसहित स्वयं उपस्थित भई नेपाली सेना केन्द्रीय भर्ना छनौट केन्द्र, सानो भ¥याङ, स्वयम्भूमा दरखास्त पेश गर्नुपर्ने व्यवस्था गरिएको छ । दरखास्त दिने मिति २०८२ चैत २७ गतेदेखि २०८३ वैशाख २६ गतेसम्म तोकिएको छ । साथै दोब्बर दस्तुर तिरी वैशाख २७ गतेदेखि जेठ २ गतेसम्म थप ७ दिनभित्र पनि दरखास्त दिन सकिने जनाइएको छ ।
यदि अन्तिम मिति सार्वजनिक बिदामा परेमा अनलाइनबाट भरिएको फाराम कार्यालय खुलेको पहिलो दिन कार्यालय समयभित्र राजस्व बुझाई दर्ता गर्न सकिने व्यवस्था रहेको सेनाले जनाएको छ । इच्छुक उम्मेदवारलाई तोकिएको समयभित्र दरखास्त पेश गर्न अनुरोध गरिएको छ ।






