एजेन्सी । उत्तर प्रदेशको आगरामा डेढ वर्षीय बालकको जीवन संकटमा परेको छ । खेल्दै गर्दा प्रेसर कुकरभित्र टाउको अड्किदा उनी जीवन र मृत्युको दोसाँधमा छन् । मथुरा निवासी सुमायला छोरा हसन रजासँग माइती आएकी थिइन् । शुक्रबार बालक खेल्दै गर्दा उनको टाउको कुकरभित्र अड्किएकाे हाे ।
परिवारका अनुसार उनी खेलिरहेका थिए । खेल्ने क्रममा प्रेसर कुकरभित्र टाउको अड्कियो । उनी छटपटाउन थाले । परिवारको सदस्यले निकै प्रयास गरे टाउको निकाल्न तर सकेनन् । त्यसपछि अस्पताल लगियो । त्यहाँका डाक्टरको टीमले अप्रेशन थियटरमा लगेर बच्चाको ज्यान बचाउनका लागि दुई घण्टासम्म प्रयास गरे ।
चिकित्सकले पहिले कुकरभित्र अड्किएको बालकको टाउको निकाल्ने प्रयास गरे, सफल भएनन् । त्यसपछि उनीहरुले ग्लाइडर मेशिनले कुकर काटे । यद्यपी मेशिनको आवाजले बच्चा डराइरहेको थियो । करिब दुई घण्टापछि कुकर काटेर बच्चाको टाउको निकालियो ।
डा. फरहत खानका अनुसार बच्चा निकै आत्तिएको थियो । उसको टाउको कुकरभित्र फसेका कारण ऊ बेहोस पनि हुन सक्थ्यो । जब ग्लाइडर मेशिनले कुकर काट्न सुरु गरियो, तब बच्चा हल्लिन थाल्यो डरले । यद्यपी दुई घण्टापछि बडो सावधानीपूर्वक कुकरबाट बच्चाको टाउको बाहिर निकालियो ।






