जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त अर्थमन्त्री युवराज भट्टराईले पदभार ग्रहण गरेका छन् । नेपाली कम्युनिस्ट पार्टी ( नेकपा) संसदीय दलका नेता रहेका भट्टराई मंगलबार अर्थमन्त्रीमा नियुक्त भएर पद तथा गोपनियताको शपथ लिएका थिए ।
उनले आज पदभार ग्रहण गर्दै खर्च तथा आम्दानी र सञ्चित कोषको विवरण सप्ताहिक रूपमा सार्वजनिक गर्ने निर्णय गरेका हुन् । प्रदेश सरकारको खर्च तथा आम्दानीको विवरण, सञ्चितकोषको अवस्था साप्ताहिक रूपमा वेबसाइट तथा सामाजिक सञ्जालहरूबाट सार्वजनिक गर्ने उनको पहिलो र एक मात्र निर्णय छ ।






