जनकपुरधाम । मधेश प्रदेशमा कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सम्मिलित गठबन्धन सरकारलाई निरन्तरता दिने निर्णय गरिएको छ ।
कांग्रेसका संसदीय दलका नेता तथा मुख्यमन्त्री कृष्णप्रसाद यादव, एमालेका संसदीय दलका नेता सरोजकुमार यादव र नेकपाका संसदीय दलका नेता एवं अर्थमन्त्री युवराज भट्टराई बिच बिहीबार भएको छलफलले वर्तमान गठबन्धनलाई यथावत् राख्ने निर्णय गरेको हो ।
छलफलपछि अर्थमन्त्री तथा नेकपाका संसदीय दलका नेता भट्टराईले अन्य प्रदेशको तुलनामा मधेश प्रदेशको राजनीतिक अवस्था फरक रहेकाले यहाँको गठबन्धनलाई निरन्तरता दिने सहमति भएको बताए ।
उनले अन्य प्रदेशमा कांग्रेस र एमालेबिचको सहकार्य अन्त्य हुने स्थिति बनेपनि मधेस प्रदेशमा भने यही राजनीतिक समीकरणलाई कायम राख्ने सहमति भएको जानकारी दिए ।






