काठमाडौं । सत्तारुढ दल रास्वपाका सांसद अमरेशकुमार सिंहले सरकारको काम कारबाहीका विषयमा गम्भीर प्रश्न सोधेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले राज्यलाई अझै पछाडि धकेल्ने काम भइरहँदा पनि सोच्ने बेला भएको छैन ? भन्दै प्रश्न गरेका हुन् ।
उनले लेखेका छन्, ‘के समृद्धि र सुशासनको रोडम्याप यही हो ? कि राज्यलाई अझै पछाडि धकेल्ने काम भैरहेको छ? सोच्ने बेला भएको छैन ?’ त्यस्तै उनले देशका सार्वजनिक संस्थान, सरकारी निकाय, सेना प्रहरी र कर्मचारीको हुर्मत लिने काम भइरहेको भन्दै रास्वपाकै सांसद खगेन्द्र सुनारप्रति इंकित गरे ।
सुनारले बुधबारको प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको बैठकमा म्यादी प्रहरीको पोसाक खरिमा भ्रष्टाचार गरेको आरोप लगाउँदै आईजीपी र गृहसचिवमाथि गम्भीर टिप्पणी गर्दै असंसदीय अभिव्यक्ति दिएका थिए । सिंहले परराष्ट्र नीति कसैले विश्वास गर्नै नसक्ने खालको भएको बताएका छन् ।
‘देशैभरको सार्वजनिक संस्था, सरकारी निकायमाथि हस्तक्षेप, सेना प्रहरी र कर्मचारीको हुर्मत लिने काम भरहेको छ । संसद्हरु को बक्तव्य यस्तो कि समानित संसद्कै बेइजती भैरहेको छ । व्यापारीहरूको धडपकडले व्यापारीहरू त्रसित छन्,’ उनले लेखेका छन्, ‘परराष्ट्र नीति त झन् यस्तो कि कसैले विश्वास गरिरहेको छैन ।’






