काठमाडाैं । आज (सोमबार) सुनको मूल्य घटेको छ । तोलामा एक सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज छापावाल सुनकाे मूल्य ९१ हजार ४०० रूपैयाँ ताेकिएकाे छ । गत आइतबार बजारमा छापावाल सुन प्रतितोला ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको थियाे ।
यस्तै, आज तेजाबी सुनको मूल्य समेत गत आइतबारको तुलनामा एक सय रुपैयाँले नै घट्दै ९० हजार ९०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
चाँदीको मूल्य भने आज स्थिर रहेको छ । गत आइतबार एकैदिन तोलामा ३५ रुपैयाँले वृद्धि हुँदै एक हजार २३० रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार पनि सोही मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ ।






