रौतहट । नेपाली कांग्रेसको सहमहामन्त्रीमा प्रतिनिधि सभा सदस्य डा. मो. फिरदोश आलमले उम्मेदवारी दिने भएका छन् । रौतहट २ का सांसद उनले मुस्लिम कोटातर्फ सहमहामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
उनी गत फागुनमा सम्पन्न निर्वाचनमा मधेस प्रदेशबाट निर्वाचित एक्लो प्रतिनिधि सभा सदस्य हुन् । उनी रौतहट २ मा नेकपाका उम्मेदवार किरण कुमार साहलाई पराजित गर्दै निर्वाचित भएका थिए । उक्त क्षेत्रमा रास्वपा भने तेस्रो बनेको थियो ।
डा. मो. फिरदोश आलम नेपाली कांग्रेसका स्वर्गीय नेता शेख इद्रिसका नाति र स्वर्गीय मोहम्मद अफताबका छोरा हुन् । डा. आलमले चिकित्सा शास्त्रमा स्नातक (एमबीबीएस) गरेका छन् ।
उनले यसअघि नेपाल प्रहरी अस्पतालमा प्रहरी निरीक्षकका रूपमा कार्यरत रही सेवा समेत गरेका थिए । उनी युवा, शिक्षित र प्राविधिक क्षेत्रमा समेत दख्खल राख्ने व्यक्तित्वका रूपमा चिनिन्छन् ।




