एजेन्सी । भनिन्छ, जीवनसाथी विनाको जीवन अधुरो हुन्छ र मानिस एक्लो महसुस गर्छ । उमेर जति नै भएपनि जीवन कटाउन पनि मुश्किल हुन्छ जीवनसाथी विना ।
एक हाँसीखुशी जीवनको लागि एक साथीको आवश्यकता पर्दछ, जुन कुरालाई एक ९० वर्षीय वृद्धले प्रमाणित गरेका छन् । उनले ७५ वर्षीया वृद्धासँग ९० वर्षको उमेरमा बिवाह गरेका छन् । अहिले साे गाउँमा उनीहरूकै बिवाहकाे चर्चा छ ।
यूपीको जनपद रामपुरको भोट थाना क्षेत्र ग्राम नरखेडी निवासी ९० वर्षिय वृद्ध शफी अहमदले बिवाह गरेका हुन् । उनका पाँच छोरीहरु छन् । उनको श्रीमतीको धेरै वर्ष पहिले नै मृत्यु भइसकेको छ । उनी आफ्नो उमेरको अन्तिम चरणमा गाउँमै किराना पसल चलाएर बिताइरहेका छन् । बिवाहित छोरीहरुले आफ्नो पीताको एक्लोपन देखेर बिवाह गराउने निर्णय गरेका थिए ।
उनले फेरि एक पटक खुशीसाथ जिन्दगी बिताउने अवसर पाए, जब परिवारको सहमतीमा ७५ वर्षीय वृद्धासँग बिवाह भयो । दुवै दम्पत्ति खुशी छन् । ती वृद्धा पनि एक्लो थिइन्, उनलाई सहायता दिने कोही थिएनन् । खानका लागि उनलाई समस्या थियो । अहिले उनले घर, परिवार र जीवनसाथी पाएकी छिन् ।






