काठमाडाैं । आज (बुधबार) सुनचाँदीकाे मूल्य घटेकाे छ । मंगलबार ९१ हजार ४०० मा काराेबार भएकाे छापावाल सुन आज ७ सयले घटेर ९० हजार ७०० मा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
तेजाबी सुनको मूल्य प्रतितोला ९० हजार २०० रुपैयाँ तोकिएको छ । हिजो मंगलबार ४०० र तेजाबी सुनको मूल्य प्रतितोला ९० हजार ९०० रुपैयाँ ताेकिएकाे थियो ।
आज चाँदीको मूल्य पनि घटेकाे छ । आज चाँदीको प्रतितोला मूल्य एक हजार २२० रुपैयाँ कायम भएको छ । हिजो तोलामा एक हजार २३० रुपैयाँमा काराेबार भएकाे थियाे ।






