काठमाडाैं । सुनकाे मूल्य आज (शुक्रबार) सय रूपैयाँले बढेकाे छ । हिजाे प्रतिताेला ९० हजार ६ सयमा काराेबार भएकाे छापावाल सुन आज ९० हजार ७ सयमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
महासंघका अनुसार तेजाबी सुनको मूल्य पनि प्रतितोला मा १०० रुपैयाँ बढेर आज ९० हजार २९० रुपैयाँ कायम भएको छ ।
चाँदीको मूल्य प्रतितोला १२१५ रूपैयाँमै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।






