काठमाडाैं । नेपाली बजारमा सोमबार सुनको मूल्य बढेकाे छ । आइतबारको तुलनामा आज सुन तोलामा तीन सय रुपैयाँले बढेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
महासंघका अनुसार आज छापावाल सुन ८९ हजार ३०० रुपैयाँमा काराेबार भइहेकाे छ । गत आइतबार बजारमा सुन प्रतितोला ८९ हजार रुपैयाँमा कारोबार भएको थियो । यस्तै तेजाबी सुनकाे मूल्य ८८ हजार ८५० कायम भएकाे छ ।
आज चाँदीको मूल्य तोलामा १० रुपैयाँ वृद्धि भएको महासंघले जनाएको छ । गत आइतबार एक हजार १५० रुपैयाँमा कारोबार भएको चाँदी आज आइतबार तोलामा १० रुपैयाँले वृद्धि हुँदै एक हजार १६० रुपैयाँ पुगेको हो ।






