काठमाडौं । आज (मंगलबार) सुनचाँदीको मूल्य ताेलामा तीन सयले घटेको छ । नेपाली बजारमा आज छापावाला सुन प्रतितोला ८९ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
यस्तै तेजावी सुन आज प्रतितोला ८८ हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदी आज तोलामा ५ रुपैयाँले घटेर प्रतितोला ११ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।






