काठमाडाैं । आज (बुधबार) सुनकाे मूल्य घटेकाे छ । मंगलबारकाे तुलनामा आज एक सय रूपैयाँले सुनकाे मूल्य घटेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
महासंघका अनुसार आज बजारमा छापावाल सुनको मूल्य प्रतितोला ८८ हजार ९०० रुपैयाँ कायम छ । यस्तै, तेजाबी सुन प्रतितोला ८८ हजार ४५० रुपैयाँमा काराेबार भइरहेकाे छ ।
हिजो मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ८९ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ८८ हजार ५५० रुपैयाँ कायम थियो ।
आज चाँदीको मूल्य भने स्थिर रहेको महासंघले जनाएकाे छ । आज चाँदी प्रतितोला १ हजार १५५ रुपैयाँमा कारोबार भइरहेको छ ।






