शुक्राचार्य भृगु ऋषिका पुत्र हुन् । भगवान् शिवलाई गुरु बनाएर मरेकालाई बचाउने मृतसञ्जीवनी विद्या सिकेका शुक्राचार्यको शिक्षा शुक्रनीतिका रुपमा प्रसिद्ध छ । उनले थुप्रै शास्त्रहरु रचना गरेका छन् ।
शुक्रनीतिको एक श्लोकमा ९ वटा यस्ता कुराहरू बताइएका छन्, जसलाई हरेक अवस्थामा अथवा हर हालमा लुकाएर राख्नुपर्छ । व्यक्तिगत रहस्यसँग जोडिएका यी नौवटा कुरा अरुले थाहा पाएका खण्डमा त्यो उसका लागि हानिकारक हुन्छ । यी रहस्य जोगाएर राख्न सके व्यक्तिको गोप्यता कायम रहन्छ र उसको विषयमा अरु कसैले थाहा पाउन सक्दैन ।
आयु : मानिसले आफ्नो आयुका विषयमा जो कोही व्यक्तिलाइृ जानकारी दिनुहुँदैन । आयु वा उमेरलाई जति गोप्य राख्न सकियो त्यति नै राम्रो मानिन्छ । आयुका विषयमा शत्रुले थाहा पाए भने उपयुक्त अवसर पर्खेर नोक्सान पु¥याउँछन् तसर्थ आफ्नो उमेर जोकोहीलाई बताउनु हुँदैन ।
धनसम्पत्ति : धनसम्पत्ति एवं पैसाले जीवनमा सुखसमृद्धि हासिल हुन्छ तर यही पैसा कतिपय अवस्थामा दुःखको कारणसमेत बन्नपुग्छ । आप्mनो सम्पत्तिको विषयमा जानकारी जति कम मानिसलाई हुन्छ उति नै राम्रो मानिन्छ । अन्यथा कतिपय गलत मनसायका मानिसले पैसा छ भन्ने सुइँको पाएर पहिले अनेक तिकडम गरेर मित्रता गाँसी पछि ठूलो नोक्सानसमेत पु¥याउन सक्छन् । तसर्थ आप्mनो सम्पत्तिका विषयमा अरुलाई जानकारी दिनुहुँदैन ।
घरको रहस्य : आफ्नो घरको रहस्य अरुलाई बताउनु हुँदैन । घरको वास्तुदोष तथा अन्य गृहकलह आदि कुरा अरुले थाहा पाए भने त्यसबाट विरोधीले अनुचित लाभ उठाउनसक्ने सम्भावना हुन्छ । अरुलाई बताइयो भने गृहशान्ति गरेको फल पनि प्राप्त हुँदैन ।
मन्त्र : कतिपय मानिस भगवान्को कृपा प्राप्त गर्नका लागि नियमित भगवान्को पूजापाठ एवं जपतप गर्छन् । यसका लागि दीक्षा पनि लिएका हुन्छन् । आफूले जुन मन्त्रको जप गरिन्छ त्यो कसैलाई पनि बताउनु हुँदैन । भनिन्छ, जसले आफ्नो पूजापाठ एवं मन्त्रलाई गुप्त राख्नसक्छ उसैलाई आफूले गरेको पुण्यकार्यको फल प्राप्त हुन्छ ।
मैथुन : मैथुन वा यौनजीवनका विषयमा अरुलाई जानकारी दिनुहुँदैन । यौन जीवनलाई गोप्य राख्नु नै हरेक हिसाबले राम्रो मानिन्छ । दुई व्यक्तिबीचको कुरा तेस्रोले थाहा पायो भने उसले त्यसबाट नाजायज फाइदा उठाउन सक्छ । यो विषयमा अरुले थाहा पाए भने त्यो आप्mना लागि समस्या वा लाजको विषय बन्नपुग्छ ।
दान : दान त्यस्तो पुण्यकर्म हो जुन जति गोप्य राख्न सक्यो उति नै फलदायी हुन्छ। जो मानिसले अरुबाट प्रशंसा पाउनका लागि वा अन्य मानिसका अगाडि आफूलाई महान् सिद्ध गराउने उद्देश्यका साथ देखावटी दान गर्छ त्यस्ता व्यक्तिले त्यसअघि गरेका सबै पुण्यकर्म नष्ट हुन्छन्।
मान : कतिपय मानिसलाई आफ्नो मानसम्मान अरुलाई देखाउने बानी हुन्छ । यो बानी कुनै पनि मानिसका लागि लाभदायक हुँदैन । मानसम्मानलाई देखावटी रुपमा अरुसामु दर्शाउनाले आफूप्रति अरुमा घृणाभाव पैदा हुनसक्छ । यस्तो बानीका कारण अरुले आफूसित दूरी कामय राख्न वा त्यस्तो चेष्टा गर्न सक्छन् ।
अपमान : आफूमाथि कुनै बखत कसैबाट अपमान भएको छ भने उक्त कुरालाई हरहमेशा सबैबाट गुप्त राख्नुपर्छ । यस्तो कुरा अरुलाई बताइयो भने आफैंलाई नोक्सान हुन्छ । अरुले यस्तो कुरो थाहा पाए भने उनीहरुले पनि सम्मान गर्न छोड्छन् र आपूलाई हाँसोको पात्र बनाउँछन् ।
औषध : औषधको अर्थ हुन्छ औषधि गर्ने व्यक्ति वा डाक्टर । आफ्नो डाक्टरलाई कतिपय निजी कुराहरु पनि थाहा हुन्छ । यस्तो अवस्थामा आफूलाई औषधि गर्ने व्यक्तिका विषयमा शत्रुले थाहा पाए भने उनीहरुले तिनीहरुसँग सम्पर्क गरेर वा मद्दत लिएर आफूलाई हानि पु¥याउने कोसिस गर्नसक्छन् । तसर्थ आफूलाई उपचार गर्ने चिकित्सकको जानकारी अरुलाई दिनु हुँदैन ।






