काठमाडाैं । आज (बिहीबार) सुनकाे मूल्य घटेकाे छ । बुधबारकाे तुलनामा आज प्रतिताेला दुई सय रुपैयाँले सुनको मूल्य घटेको हो ।
आज बजारमा छापावाल सुन प्रतितोला ८८ हजार ७०० रुपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । यस्तै, तेजाबी सुन प्रतितोला ८८ हजार २५० रुपैयाँमा काराेबार भइरहेकाे छ ।
हिजो बुधबार छापावाल सुनको मूल्य प्रतितोला ८८ हजार ९०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ८८ हजार ४५० रुपैयाँ कायम थियो ।
चाँदीको मूल्य पनि आज घटेकाे छ । आज चाँदी प्रतितोला १ हजार १२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएकाे छ । बुधबार चाँदी १ हजार १५५ मा काराेबार भएकाे थियाे ।






