एजेन्सी । एक व्यक्तिका लागि रेष्टुरेन्टमा डिनर गर्नु निकै भारी परेकाे । रेष्टुरेन्टकाे बिल देखेर उनी तर्सिए । उनले बिल सामाजिक सञ्जाल ट्वीटरमा सेयर गरेका छन् । जस अनुसार डिनर यति महंगाे थियाे कि पुरा बैंक ब्यालेन्स एक रातमै सकियाे । अहिले उनकाे बिले सामाजिक सञ्जालमा भाइरल भइरहेकाे छ । सामाजिक सञ्जाल प्रयाेगकर्ताहरूले विभिन्न प्रतिक्रिया राखेका छन् ।
डेली मेलकाे एक रिपाेर्टका अनुसार लण्डनकाे Salt Bae मा रहेकाे Nusr-Et Steakhouse रेष्टुरेन्टमा जमील अमीन नामका एक युवक डिनरका लागि गएका थिए । तर डिनरपश्चात जुन बिल उनलाई थमाइयो, त्यो देखेर उनी आत्तिनु स्वभाविक थियो । एक लाख ८२ हजारभन्दा बढी रूपैयाँकाे बिल उनकाे हातमा परेकाे थियाे । साथै २३ हजार ८३१ सेवा शुल्क पनि जाेडिएकाे थियाे ।
त्यहाँ रहेका खानाका विभिन्न परिकारको मूल्य अन्त भने सस्तो रहेको दाबी गरिएको छ । जमीलले रेष्टुरेन्टकाे बिल सामाजिक सञ्जालमा सेयर गर्दै लेखेका छन्, ‘चार रेड बुलकाे ४४ ब्रिटिश पाउण्ड ! हाँसाे लागिरहेकाे छ । मेराे पुरा बैंक ब्यालेन्स एकै रातमा खर्च भयाे ।’
याे घटना पुरानाे हाे तर अहिले सामाजिक सञ्जालमा भाइरल भएकाे हाे ।






