काठमाडाैं । आज (शुक्रबार) सुनको मूल्य वृद्धि भएको छ । बिहीबारको तुलनामा आज प्रतितोला ९ सय रुपैयाँले सुनको मूल्य वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
महासंघका अनुसार आज बजारमा छापावाल सुन प्रतितोला ८९ हजार ६ सय र तेजाबी सुन प्रतिताेला ८९ हजार १५० मा काराेबार भइरहेकाे छ । बिहीबार छापावाल सुन प्रतिताेला ८८ हजार ७ सयमा काराेबार भएकाे थियाे भने तेजाबी सुन ८८ हजार २५० कायम थियाे ।
यस्तै चाँदीको मूल्य पनि आज बढेकाे छ । आज चाँदी प्रतितोला १ हजार १४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार चाँदी १ हजार १२० मा कारोबार भएको थियो ।






