काठमाडाैं । नेपाली बजारमा आज (मंगलबार) सुनकाे मूल्य वृद्धि भएकाे छ । प्रतिताेला पाँच सय रूपैयाँले मूल्य वृद्धि भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । महासंघका अनुसार आज छापावाल सुन ९० हजार ३०० कायम छ ।
त्यस्तै तेजाबी सुनको आजको कारोबार मूल्य प्रतितोला ८९ हजार ८५० कायम गरिएको छ । छापावाल सुन सोमबार प्रतितोला रु ८९ हजारमा ८०० मा कारोबार भएको थियो भने तेजाबी सुन प्रतितोला ८९ हजार ३५० मा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य भने स्थिर रहेको छ । सोमबार प्रतितोला रु एक हजार १६० मा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार हुनेछ ।






