काठमाडाैं । नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य घटेकाे छ । प्रतितोला ४०० ले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । छापावाल सुनको मूल्य प्रतितोला रु ८९ हजार ९०० तोकिएको छ ।
छापावाल सुन मङ्गलबार प्रतितोला रु ९० हजार ३०० मा कारोबार भएको थियो । यस्तै आज तेजाबी सुन प्रतिताेला ८९ हजार ४५० रूपैयाँमा काराेबार भइरहेकाे छ । मंगलबार तेजाबी सुन ८९ हजार ८५० रूपैयाँमा काराेबार भएकाे थियाे ।
महासङ्घका अनुसार चाँदीको मूल्य स्थिर रहेको छ । मङ्गलबार प्रतितोला रु एक हजार १६० मा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेकाे छ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७५३ दशमलव ६० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।






