काठमाडाैं । आज (साेमबार) नेपाली बजारमा सुनकाे मूल्य घटेकाे छ । आइतबारको तुलनामा आज सुन प्रतिताेला एक सय रूपैयाँले घटेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक सयले घटेर ९० हजार ६०० कायम भएको छ । छापावाल सुन आइतबार प्रतितोला रु ९० हजार ७०० मा कारोबार भएको थियो ।
यस्तै आज तेजाबी सुन प्रतितोला ९० हजार १५० मा कारोबार हुँदैछ, जुन आइतबार प्रतितोला ९० हजार २५० मा कारोबार भएको थियो ।
महासङ्घले अन्तरराष्ट्रिय बजार मूल्यका आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्ने गर्छ । महासङ्घले सार्वजनिक गरेको तथ्याङ्क अनुसार आज चाँदीको मूल्य आइतबारको तुलनामा पाँच रूपैयाँले बढेको छ । चाँदी आइतबार प्रतितोला एक हजार १७५ मा कारोबार भएको थियो भने आज प्रतितोला एक हजार १८० मा कारोबार हुनेछ ।






