एजेन्सी । एक युवकले सामाजिक सञ्जालमा आफ्नो प्रेमिकाको बारेमा अनौठो कुरा सुनाए । ती युवकका अनुसार उनकी प्रेमिका महिनामा एक पटक मात्रै नुहाउँथिन्, जसकारण उनको शरीरबाट दुर्गन्ध आउँथ्यो । उनी एक्लै सोफामा सुत्न बाध्य भएका छन् ।
मिरर यूकेका अनुसार प्लाटफर्म Reddit मा एक युवकले आफ्नो गोपनियता कायम गर्दै प्रेमिकाको उक्त आनीबानी बारे खुलासा गरेका हुन् । ती युवकका अनुसार उनकी प्रेमिका १५ दिनमा एक पटक नुहाउँछिन्, अर्थात् महिनामा केवल दुई पटक मात्रै । यसकारण उनको शरीरबाट धेरै दुर्गन्ध निस्कन्छ, जुन उनी सहनै सक्दैनन् । Reddit मा उनले विगत ३ वर्षदेखि ती युवतीसँग सम्बन्धमा रहेको खुलाएका छन् ।
सुरुमा उनीहरु दुवै अलग रहन्थे । जब उनीहरुले सँगै बस्ने निर्णय गरे, तब प्रेमीले प्रेमिकाको बानी थाहा पाए । ती युवकले भनेका छन्, ‘म उनलाई प्रेम गर्छु, तर मलाई थाहा थिए न कि उनी समयमा नुहाउँदिनन् । उनी हरेक दोस्रो हप्तामा एक पटक नुहाउँछिन् ।’
युवकका अनुसार जब उनले यो विषयमा कुरा गरे, प्रेमिका रिसाइन् । त्यसपछि कयौँ दिनसम्म दुवैले एक अर्कासँग आँखा जुधान समेत सकेनन् । उता युवकको Reddit पोस्टमा कयौँ सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले ब्रेकअप गर्न सुझाव दिएका छन् भने कतिले प्रेमिकालाई थप बुझ्न सल्लाह दिएका छन् ।






