एजेन्सी । ओहियोका किसानका एक जोडीले २, १६४ पाउण्ड अर्थात करिब १००० किलो फर्सी उब्जाएर विश्व रेकर्ड बनाएका छन् । ९८१ किलोग्रामको ठुलो फर्सीले सब्जी प्रतियोगीतामा विश्व रेकर्ड कायम गरेको छ ।
टाड र डोना नामका दुई किसानले विगत ३० वर्षदेखि फर्सी उब्जाइरहेका थिए । डोनाले भने, ‘हामीलाई अन्ताज थियो कि फर्सीको तौल बढी हुनेछ । तर यति ठुलो होला र विश्व रेकर्ड बन्ला भन्ने सोचेका थिएनौँ ।’
यसअघि ओहायोकै एक किसानले भारी तौलको फर्सी उब्जाएर गिनिज वर्ल्ड रेकर्डमा आफ्नो नाम दर्ता गराएका थिए ।






