काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य प्रतितोला बढेकाे छ । सुनकाे मूल्य एक सयले बढेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । महासंघका अनुसार आज छापावाल सुनकाे मूल्य प्रतिताेला ९१ हजार ४०० कायम भएको छ । छापावाल सुन सोमबार प्रतितोला ९१ हजार ३०० मा कारोबार भएको थियो ।
महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज तेजाबी सुन प्रतितोला ९० हजार ९०० मा कारोबार हुँदैछ, जुन सोमबार प्रतितोला रु ९० हजार ८०० मा कारोबार भएको थियो ।
चाँदीकाे मूल्य पनि बढेकाे छ । महासङ्घका अनुसार आज चाँदीको मूल्य सोमबारको तुलनामा प्रतितोला रु १० ले बढेर एक हजार २३५ पुगेको छ । चाँदी सोमबार प्रतितोला रु एक हजार २२५ मा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तरराष्ट्रिय बजार मूल्यका आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्ने गर्छ । नेपाल सुनचाँदी तथा रत्न आभुषण व्यवसायी महासंघका अध्यक्ष रमेश महर्जनको असामयिक निधनको शोकमा मङ्गलबार सुनचाँदी व्यवसायीले कारोबार बन्द गरेका थिए ।






