काठमाडौं । नेपाली बजारमा दसैँपछि लगातार बढेको सुनको मूल्य आज घटेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला रु ६०० ले घटेको हाे ।
स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९२ हजार तोकिएको छ । मङ्गलबार छापावाल सुन प्रतितोला रु ९२ हजार ६०० मा कारोबार भएको थियो । यस्तै तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९१ हजार ५०० कायम छ, जसको मूल्य मङ्गलबार प्रतितोला रु ९२ हजार १०० तोकिएको थियो ।
त्यस्तै आज चाँदी अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला रु १५ ले घटेर रु एक हजार २५० कायम भएको महासंघले जनाएकाे छ । चाँदी मङ्गलबार प्रतितोला रु एक हजार २६५ मा कारोबार भएको थियो ।




