काठमाडौं । आज साताको पहिलो कारोबार दिन सुनको मूल्य घटेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (आइतबार) प्रतितोला ३०० रुपैयाँले सुनकाे मूल्य घटेको हाे ।
आज छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ७०० रुपैयाँ कायम भएको महासंघले जनाएकाे छ । यस्तै, आजका लागि तेजाबी सुनको कारोबार मूल्य प्रतितोला ९१ हजार २०० रुपैयाँ कायम ।
गत साताको शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ५०० रुपैयाँ कायम थियो । सुनको मूल्यसँगै आज चाँदीको मूल्य पनि घटेको छ ।
आज चाँदीको प्रतितोला मूल्य १२ सय ४० रुपैयाँ कायम छ । गत साताको शुक्रबार यसको मूल्य तोलामा १२ सय ४५ रुपैयाँ तोकिएको थियो ।




