काठमाडाैं । साताकाे पहिलाे दिन घटेकाे सुनकाे मूल्य दाेस्राे दिन आज (सोमबार) वृद्धि भएको छ । साेमबार एक सय रूपैयाँले सुनकाे मूल्य बढेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
महासंघका अनुसार आज छापावाल सुनकाे प्रतिताेला ९१ हजार ८ सयमा काराेबार भइरहेकाे छ । हिजो आइतबार छापावाल सुनको मूल्य ९१ हजार ७०० कायम थियाे ।
यस्तै आज तेजाबी सुनकाे मूल्य प्रतिताेला ९१ हजार ३ सय कायम छ, आइतबार तेजाबी सुन प्रतिताेला ९१ हजार २०० कायम थियाे ।
आज चाँदीको प्रतितोला मूल्य १२ सय ४५ रूपैयाँ ताेकिएकाे महासंघले जनाएकाे छ । हिजाे चाँदी प्रतितोला मूल्य १२ सय ४० रुपैयाँ कायम थियाे । गत साताको शुक्रबार यसको मूल्य तोलामा १२ सय ४५ रुपैयाँ तोकिएको थियो ।




