काठमाडौं । मोरङको धनपालथानमा बसले साइकललाई ठक्कर दिँदा श्रीमतीको मृत्यु भएको छ । घटनामा श्रीमान् घाइते भएका छन् । धनपालथान नगरपालिका-३ मोरियापुलस्थित सडकमा बसले ठक्कर दिँदा साइकलमा सवार रंगेली नगरपालिक-३ की २८ वर्षीय रेखा पासवानको मृत्यु भएको हो । उनी साइकलको पछाडि थिइन् ।
बिहीबार दिउँसो प्र १-०४-००१ ख ००२२ नम्बरको बसले साइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ । साइकलमा सवार उनका श्रीमान् ३१ वर्षीय उमेश पासवानको उमेशको रंगेली अस्पतालमा उपचार भइरहेको छ । रेखाको अस्पताल पुर्याउन साथ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
बस प्रहरीको नियन्त्रणमा छ भने चालक फरार छन् । यस्तै, बसको ठक्करबाट मोरङ उर्लाबारी नगरापालिका-४ आइतबारेमा बिहीबार मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानका ७२ वर्षीय नगेन्द्रप्रसाद ढुङ्गाना छन् ।
दिउँसो साढे १ बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को १ ख ७८२८ नम्बरको बसले प्रदेश १-०२-०४१ प ४४०८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ । मोटरसाइकल चालक ढुङ्गानाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।






