एजेन्सी । तपाईले समलिंगी विवाह त सुन्नुभएकै होला । तर, रुखसँग विवाह पक्कै सुन्नुभएको छैन होला । अस्ट्रेलियाका एक महिलाले पुरुषसँग होइन रुखसँग विवाह गर्ने फैसला गरेकी छिन् । एम्मा नामकी महिलाले रुखको नाम टिम राखेकी छिन् ।
उनले कुनै पुरुषको साथमा भन्दा रुखसँग सम्बन्ध राखेकोमा खुशी भएको बताएकी छिन् । एम्माले कुनै पुरुषले दोस्तीको रुपमा अफर गरेपनि आफुले अस्विकार गर्ने जानकारी दिएकी थिइन । उनको यस्तो फैसला पश्चात परिवारले कुनै प्रतिक्रृया भने दिएको छैन ।
एम्माको रुखसँग विवाह गर्ने फैसला सुनेर चिकित्सकले उनलाई डेंडोफीलिया नामको रोगबाट पीडित भएको बताएका छन् । यो रोगका बिरामी रुखप्रति यौन आर्कषण हुने गर्छन् । यसैकारण एम्माले रुखसँग विवाहको योजना गरेको बताइएको छ ।






