काठमाडौं । तिहार सकिएलगत्तै सुनको मूल्य ह्वात्तै बढेको छ । आज (साेमबार) सुनको मूल्य ताेलामा १५ सय रुपैयाँले बढेकाे हाे ।
आज छापावाल सुन प्रतिताेला ९२ हजार ५०० रुपैयाँ कायम रहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । यस्तै तेजाबी सुनको मूल्य ९२ हजार रुपैयाँ कायम भएको महासंघले जनाएकाे छ ।
१५ सय रुपैयाँले बढेको बताएको छ । तिहार अगाडी अन्तिम पटक कारोबार भएको कात्तिक १८ गते छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार थियो भने तेजाबी सुनको मूल्य तोलामा ९० हजार ५०० रुपैयाँ कायम थियाे ।
यसैगरी, आज चाँदीको भाउ २५ रुपैयाँले बढेर प्रतितोला १२ सय ५० रुपैयाँ कायम भएको छ ।






