एजेन्सी । एक महिलाले उनको सक्रिय यौन जीवनका कारण आफ्नो जीवन बचाएको दाबी गरेकी छिन् । महिलाका अनुसार श्रीमानले स्तनमा गाँठो पत्ता लगाएका थिए, जुन वास्तवमा क्यान्सर हो । समयमै थाहा पाएपछि क्यान्सर फैलिनुअघि नै महिलाले उपचार सुरु गरिन् ।
५२ वर्षीया टिना ग्रेको २ वर्षअघि रजोनिवृत्ति (महिनावारी राेकिनु) भएको थियो, यद्यपि उनले सेक्स नरोक्ने निर्णय गरेकी थिइन् । टिना ग्रेका पति डेज ५१ वर्षका छन् र दुवैले आफ्नो यौन जीवन सक्रिय राखेका छन् । टिना भन्छिन् कि रजोनिवृत्तिले दुईलाई पहिले भन्दा नजिक ल्यायो ।
इंग्ल्यान्डको ह्याम्पशायरमा बस्ने टिना ग्रेले एक दिन आफ्नो स्तनमा केही असामान्य महसुस गरेपछि उनले पति डेजलाई यो उस्तै वा फरक हो भनी बताउन भनिन् । उनले तुरुन्तै गाँठो पत्ता लगाए । टीना ग्रेले भनिन् – ‘मैले श्रीमानको निर्णयमा विश्वास गरेँ र सीधै डाक्टरकहाँ गएँ । आखिर, मेरो शरीरलाई मेरो श्रीमानले भन्दा बढी कसले चिनेको को होला र ?’
श्रीमान् डेजले भने, ‘हामी लामो समयदेखि सँगै छौँ, त्यसैले मलाई टीनाको शरीर राम्रोसँग थाहा छ । अनुसन्धानका क्रममा टिनाको दुवै स्तनमा क्यान्सर भएको पत्ता लागेको थियो । उनको देब्रे स्तनमा गाँठो र दाहिने स्तनमा सानो गाँठो रहेको डाक्टरले बताए । अहिले टिनाको उपचार भइरहेको छ । ?’






