काठमाडौं । मंगलबार सुनचाँदीको मूल्य घटेको छ । नेपाली बजारमा आज प्रतिताेला १६०० सय रूपैयाँले सुनकाे भाउ घटेकाे हाे ।
आज छापावाल सुन प्रतितोला ९२ हजार ३०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । सोमबार छापावाल सुन प्रतितोला ९३ हजार ९०० रुपैयाँमा काराेबार भएकाे थियाे ।
यस्तै तेजाबी सुन प्रतितोला ९१ हजार ८०० रुपैयाँ कायम भएको छ । साेमबार तेजाबी सुनकाे मूल्य प्रतिताेला ९३ हजार ४०० कायम थियाे ।
मंगलबार चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले घटको छ । मंगलबार चाँदीको मूल्य प्रतितोला एक हजार २५५ रुपैयाँ कायम भएको छ । सोमबार चाँदी प्रतितोला एक हजार २७० रुपैयाँ कायम भएको थियो ।




