एजेन्सी । अहिले एउटा समाचार सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । एक रुसी महिलाले आफ्ना श्रीमानलाई डिभोर्स दिएर आफ्नै सौतेनी छोरासँग विवाह गरेकी छन् । यो घटना रुसको मस्कोको हो ।
महिला रुसी ब्लगर हुन् । उनको नाम मरीना बलमशेबा रहेको छ । उनले गत वर्ष श्रीमानसँग सम्बन्ध बिच्छेद गरेर आफ्ना सौतेनी छोरा भ्लादिमिर शेवरनसँग विवाह गरेकी हुन् ।
३५ वर्षीया मरीना बलमशेवाले श्रीमान एलेक्सी ऐरेसँग २००७ मा विवाह गरेकी थिइन् । उनले यसअघि नै ४ जना सौतेनी छोराछोरीलाई काख लिएकी थिइन् ।






