कोरोना संकट नेपालमा मात्र नभई संसारमा कतिन्जेल रहन्छ, यो स्पष्ट छैन । संसारका विभिन्न अनुसन्धानहरु विभिन्न दाबी गरिरहेका छन् । केही अनुसन्धानहरूले कोरोनाको पीक समय बितिसकेको दाबी गरिरहेका छन् । यसको मतलब आउँदै गरेको समयमा कोरोनाका बिरामीहरूको संख्या कम हुनेछ । तर, दक्षिण एसियाली मुलुक भारत, पाकिस्तान, बंगलादेश एवम् नेपालमा संक्रमित दिन प्रतिदिन बढीरहेका छन् । अब के हुन्छ भनेर ठ्याक्कै अनुमान गर्न गाह्रो छ । किनभने यस प्रकारको संकट विश्वमा पहिलो पटक आएको हो ।
एउटा कुरा निश्चित छ कि आउँदै गरेको समय अझ गाह्रो हुनेछ । कोरोना भाइरस संक्रमण नेपालमा दिन प्रतिदिन बढ्दैछ, यस कारणले आउने दिनहरूमा बिरामीहरूको संख्या हजारौंमा हुन सक्छ । साथै कोरोनाले देशको अर्थतन्त्रमा समेत ठूलो प्रभाव पार्ने निश्चीत छ । यसका साथसाथै देशमा भोकमरीको संकट पनि देखा पर्न सक्छ । लकडाउनका बीच पनि भारतबाट नेपाल प्रवेश गर्नेहरुको संख्या घटेको छैन् । सरकारको निरन्तर प्रयास पछि पनि धेरै नेपालीहरु सीमा नाकामा अलपत्र अवस्थामा रहेका छन् ।
यो संकट मजदुरहरूको अगाडि मात्र होइन, अहिले उद्योगीहरुको अगाडि पनि संकटको विषय बनेको छ । सरकारले औद्योगिक उत्पादन सुरु गर्न अनुमति दिएको छ, तर मजदुरहरू बिना कुनै कारखानाको कल्पना गर्न सकिदैन । सरकारले कारखाना मालिकलाई केही राहत दिएपनि मजदुरहरू बिना काम हुन सकेको छैन । किनकि कामदारहरू मानसिक रूपमा काम गर्न तयार छैनन् ।
वास्तवमा, कोरोना पछि लकडाउनको युगमा सिर्जना गरिएको सबैभन्दा ठूलो संकट भरोसा हो । कामदारहरू संकटका घडीमा रगत पसिना बगाएको उद्योगबाट सहयोग नपाउँदा भिखारी बन्न बाध्य भए । उनीहरुको खाने पिउने आवश्यकत्ता समेत पूरा हुन सकेन । यस्तो अवस्थामा तिनीहरू कसरी फेरि उही शहरमा फर्कन सक्छन् ? किनभने उनीहरुलाई कोरोनाको डर भन्दा पनि आशाको त्यान्द्रो चुटिएको छ ।
प्रश्न उनीहरूको सुरक्षाको पनि हो कि तिनीहरू कारखानाहरूमा कसरी सुरक्षित रहन सक्छन् । कसले उनीहरुलाई आश्वासन दिन सक्छन् ? किनभने केहि दिन अघि, तिनीहरूको सबै भरोसा तोडिएको छ । समस्या उद्योगीहरुमा पनि त्यतिकै छ । नेपालको अर्थव्यवस्था कोरोना पछि झन् खराब अवस्थाबाट गुज्रिरहेको छ । एकातिर बजारमा क्रेताहरू छैनन्, अर्कोतर्फ सरकारले केही सर्तका साथ कारखानाहरू सञ्चालन गर्न अनुमति दिएको छ, तर कामदार कसरी ल्याउने प्रस्टसँग बताउन सकेको छैन ।
यो स्पष्ट छ कि सरकारले कम्पनीहरूलाई अनुदान दिइरहेको छ, बैंकहरूले पनि सस्तो दरमा ऋण दिनेछन् । तर यी सबैका बीच शहर छोडेका मजदुरहरूलाई फिर्ता ल्याउनु ठूलो चुनौती हुनेछ । किनभने मजदुरहरुले संकटको घडीमा कारखाना मालिक र सरकारबाट सहयोग पाउन सकेनन् । यस्तो अवस्थामा, पहिलो चुनौती ती मजदुरहरूलाई विश्वस्त पार्नु छ कि पूरा देश उनीहरूसँग कोरोनाको संकटमा फसेको छ र पछि यस्तो घटना हुने छैन । (नोट : यहाँ मजदुर भन्नाले दिन दिनै काम गरेर पेट पाल्नेहरुलाई पनि समावेश गरिएको छ । साथै, उद्योगी भन्नाले भवन निर्माण गर्ने ठेकेदारलाई पनि बुझ्नु पर्ने छ ।)






