कैलाली । कैलालीमा बस र ट्रक ठोक्किँदा २० जना घाइते भएका छन् । कैलालीको खानिडाँडा नजिक गोताले भन्ने ठाउँमा बस र ट्रक ठोक्किँएका हुन् ।
प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार बझाङबाट धनगढी जाँदै गरेको ना ६ ख १९८२ नम्बरको बस र बुटवलबाट डडेल्धुरा आउँदै गरेको ना ६ ख २३६२ नम्बरको ट्रक एकआपसमा ठोक्किँएको हुन् ।
घाइतेहरुलाई उपचारका लागि अस्पताल पठाइएको र घटनाको थप विवरण आउँन बाँकी रहेको प्रहरीले जनाएको छ ।






