काठमाडौं । हड्डीको भित्री भाग अर्थात् बोनम्यारोमा रगत बन्ने गर्छ । तीनवटा तत्व होमोग्लोविन, सेतो रक्तकोष र प्लेटलेट्स मिलेर रगत बनेको हुन्छ । रातो रक्तकोषले शरीरमा चाहिने तत्व अर्थात् अक्सिजन र होमोग्लोविनको मात्रा कायम राख्छ । त्यस्तै सेतो रक्तकोषले प्रतिरोधी क्षमता बढाउने र प्लेटलेट्सले रगत बग्नबाट जोगाउने काम गर्छ । रगतको क्यान्सर हुनु भएको बोनम्यारोको क्यान्सर हुनु हो । यो जानकारी आजको नयाँ पत्रिका दैनिकमा कान्तिपुर अस्पतालका रगत तथा बोनम्यारो प्रत्यारोपण विशेषज्ञ डा.अजयकुमार झाले लेखेका छन् ।
बोनम्यारोमा क्यान्सरका सेल निर्माण हुन थालेपछि रगतसँगै शरीरको प्रत्येक अंगमा पुग्ने गर्छ । क्यान्सरका सेलले होमोग्लोविन, सेतो रक्तकोष र प्लेटलेट्सको मात्रा बढाईदिन्छन् । फलस्वरुप शरीरमा रगतको कमी हुने, अन्य संक्रमण फैलिने, रगत बगेर जानेजस्ता समस्या देखिन्छन् । ब्लड क्यान्सर आफैँमा खतरनाक रोग हो । यसका धेरै प्रकार छन् । बच्चामा एएलएल ब्लड क्यान्सर हुन्छ । जसलाई एक्युट ल्युक्यिमिया प्लास्टिक लिथोमिया भनिन्छ । सबै क्यान्सर ब्लड जाँचेर मात्रै थाहा नहुन सक्छ ।
कतिपयमा बोनम्यारोको जाँच गरेपछि मात्र क्यान्सर भएको पत्ता लाग्छ । ब्लड क्यान्सरमा आफैँ कुनै लक्षण देखापर्दैन । अन्य सामान्य शारीरिक समस्या देखापर्छन् । जसको उपचारको क्रममा ब्लड क्यान्सर भएको थाहा हुन्छ । शरीरमा नीला दाग देखापर्नु, बारम्बार संक्रमण हुनु, घाउ चोटपटक लाग्दा रगत नरोकिनु, थकान र कमजोरी देखिनु, तिब्र रुपमा तौल घट्नु, हड्डी तथा जोर्नी दुख्नु, भोक नलाग्नु, पेटमा समस्या दखिनु आदि ब्लड क्यान्सरका लक्षण हुन् । ब्लड क्यान्सरका विभिन्न कारण हुन्छन् ।
किमोथेरापी गरेका व्यक्तिमा ब्लड क्यान्सर देखिन सक्छ । रेडियसन र विकिरणको प्रभावबाट पनि क्यान्सर हुन सक्छ । ब्लड क्यान्सरको अर्को कारक तत्व बेन्जिन केमिकल हो । वातावरणीय प्रदूषण, प्लाष्टिक उद्योग आदिबाट उक्त केमिकल निस्कने गर्छ । ब्लड क्यान्सर बंगाशनुगत पनि हुन सक्छ । बालबालिकामा यस्तो देखिन्छ । ब्लड क्यान्सरको उपचार केमोथेरापीबाट गर्न सकिन्छ । केमोथेरापीबाट करिब ७० प्रतिशत क्यान्सर निको हुन्छ । ब्लड क्यान्सरको अर्को उपचार बोनम्यारो प्रत्यारोपण पनि हो । तर, नेपालमा यो अझै सहज हुन सकेको छैन ।






