कञ्चनपुर । पूर्वपश्चिम महेन्द्र राजमार्ग अन्तर्गत कन्चनपुरको भीमदत्त नगरपालिका भासीमा मोटरसाइकल र स्कुटर एकआपसमा ठोकिँदा चार जना घाइते भएका छन् ।
शनिबार बेलुका म २ प ८९४२ नम्बरको स्कुटर र सुपप्र ०२००३ प ४२१९ नम्बरको मोटरसाइकलमा एकआपसमा ठोकिएका हुन् । दुर्घटनामा परेर चार जना घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कन्चनपुरले जनाएको छ ।
प्रहरीका अनुसार दुर्घटना परेर घाइते हुनेमा खेमराज जोशी, मार्सल गुलम एसपी, धनराज गिरी र रमेश भट्ट रहेका छन् । घाइतेको महाकाली अस्पतालमा उपचार भइरहेको छ ।




