१. एमसीसी पास भयो भने नेपालका ठूला ठूला नेताहरु, शासक तथा प्रशासकहरूले जति नै ठूला अपराधहरू गरेता पनि, तिनीहरूलाई सजाय हुने सम्भावना अहिले भन्दा झन् कमजोर भएर जान्छ ।
२. ठुला मान्छेका ठूला अपराधहरुमा कुटनीति क्षेत्रबाट पनि सजायको (वा संरक्षण) लागि कुटनैतिक दबाब हुने गरेको पाइन्छ । एमसीसी पास भयो भने, कम्तीमा पनि त्यो लबिले दबाब दिन छोड्छ वा मौन बस्छ वा संरक्षण गर्न तीर लाग्ने हुने कुरामा शंका छैन ।
३. जस्तै; अहिले पनि ठूला अपराध (जस्तै: भ्रष्टाचारीहरु ) गरिसकेका नेपालका ठूला नेता, कार्यकर्ता, कर्मचारी,अवकाश प्राप्त कर्मचारीहरु समेत मात्र होइन, NGOs INGOs का नाममा अकुत कालोधन कमाई गरेका मानिसहरू एमसीसीको पक्षमा (मौन समर्थन होइन), खुलेआम ओकालत गरिरहेको हामी आफैले सजिलै देख्न र बुझ्न सकिन्छ ।
४. यसरी एमसीसीका विभिन्न आयामहरू छन् । एमसीसी भित्र लेखिएका बुदाहरु त हामी सबैले पढेकै छौ । के छ, के छैन, यत्तिकै प्रस्ट छ नी । एमसीसी (MCC) बुझ्न आइपिस (IPS) अनिवार्य पढ्नु पर्ने देखिन्छ ।
अस्तु ।
ए. पोख्रेल ।






