१. ताल चराहरू उडे जस्तै तालमा, युक्रेनको आकाशमा उडेर रसियन फाइटर प्लेनहरु मार्फत भिषण प्रकारको आक्रमण भइरहेको छ, युक्रेनको राजधानी कीभको अंतर्राष्ट्रीय एरपोर्ट लगायत अन्य ठूला शहरमा रहेका रणनैतिक महत्वका स्थानहरूमा । भागाभाग भएको दृश्य सामान्य हो ।
२. हामीसँग लडाई गर्ने होइन, तिमीले जित्न पनि सक्दैनौं । त्यसैले हामीसँग मिल्नु पर्छ तिमी । हाम्रो बिरुद्द तिमीले षड्यन्त्र गर्नु गलत हो । तिमी लड्न सक्दैनौं । यदि लड्ने कोसिस गर्छौ भने, तिमी ध्वस्त हुने छौ र हाम्रो रसियन सेनाले तिम्रो भविष्यको बारेमा निर्यण गर्ने छ । भनेर ठाडो संदेश उक्रेन् लाई प्रसारण गरेका थिए पुटिनले, यो आक्रमण गर्नु भन्दा केही घण्टा अगाडि मात्र ।

३. यूक्रेन शहरका मानिसहरू घरबार छोडेर भागिरहेको कहाली लाग्दो दृश्यहरु विभिन्न टिभिहरुले प्रत्यक्ष प्रसारण गरिरहेका छन् । सडक जाम भएको र ट्राफिक अस्तव्यस्त भएको कारुणिक दृश्यहरु त सामान्य देखिएका छन । युक्रेनी जनताहरु शहर छोडेर भागिरहेका छन् । यहाँनेर विचारणीय कुरा छ । सरकारलाई युद्दको लागि उक्साएर, अहिले भागिरहेका छन् !
४. स्मरणीय छ, केही दिन अघि नै रूसी राष्ट्रपति पुटिनले घोषणा गरेका छन् कि “आवश्यक परेमा हामी आणविक हतियार सम्मको” प्रयोग गर्ने छौ ।
५. महत्वपूर्ण कुरा के छ भने, पश्चिमी युक्रेनी जनता यूक्रेन सरकारको पक्षमा छन् भने पूर्वी युक्रेनी जनता सरकारको बिपक्षमा छन् । त्यसैले केही दिन अघि १६ तारिखको दिन पश्चिमी युक्रेनको LPR र DPR क्षेत्रलाई नयाँ स्वतन्त्र राष्ट्रको रूपमा रूसी संसद डुमाले अनुमोदन गर्दै पुटिन समक्ष प्रस्तुत गरेको थियो र पुटिनले अस्ति सहीछाप लगाएका थिए । अन्य केही राष्ट्रहरूले पनि मान्यता प्रदान गरिसकेको गरेको अवस्था छ ।
६. अर्को महत्वपूर्ण कुरा के छ भने, चार करोड जनता भएको युक्रेनी सरकारलाई, बहुमतले (विशेष गरी पूर्वी युक्रेनी जनताहरुले) NATO गठबन्धनमा सामेल हुन अनुमोदन अर्थात् उत्प्रेरित गरेको थियो । त्यही मुद्दा ऊपर अहिलेका उक्रेनी राष्ट्रपति निर्वाचित भएका थिए । यसरी पूर्वी र पश्चिमी युक्रेनी जनताबीच एक आपसमा विभाजन छ प्रस्ट संग ।
७. जनतालाई एक आपसमा विभाजन गर्न सकियो भने, कसरी त्यहाँ खेल्न सकिन्छ, वा युद्द थोपर्न सकिन्छ, कसरी त्यो देशको बर्बादी गर्न सकिन्छ भन्ने कुरा बुझ्न कुनै अर्को घटना हेर्नु पर्छ जस्तो लाग्दैन मलाई ।

८. जात, जाती, धर्म संस्कृति, कालो, सेतो वर्ण तथा चुच्चे थेप्चे अनुहार देखाएर तिनीहरू बीच फाटो उत्पन्न गराएर, विदेशीहरुले कसरी तबाह गराउँछन् अरूको देशहरू, भन्ने बलियो पछिल्लो संदेश युक्रेनले दिएको छ ।
९. ढीलो चाँडो नेपालले यो प्रकारको नियति भोग्दै छ । हामी त्यो दिशामा द्रुत गतिमा अगाडि बढिरहेका छौं । निकट भविष्यमा नेपालमा पनि एउटा भिषण जातीय तथा धार्मिक द्वन्द हुँदै छ । त्यो द्वन्दले सबैलाई पीडा बाहेक अरू केही दिने छैन, सिर्फ एउटा सत्ताधारी वर्गका मानिसहरू बाहेक ।
१०. नेपालको सत्ताधारी वर्ग नेपालमा यो प्रकारको द्वन्द निम्त्याउन उद्दत छन् । जसलाई हामीले समय मै चिनेर किनारा लगाउनु अनिवार्य सर्त हो । त्यो सर्त पूरा गर्नु हामी सबैको जिम्मेवारी पनि हो । के हामी यो प्रकारको द्वन्दलाई समय मै किनारा लगाउन सकौला ?
११. नेपालमा यो प्रकारको द्वन्द गराउन कुन कुन विदेशी शक्तिहरू दशकौ देखि अरबौं रुपैयाँ खर्च गरेर लागिरहेका छन् प्रस्ट छ । तिनीहरू खासमा, हाम्रा मित्र शक्तिको भेषमा आएका भविष्यका खतराहरु हुन ।
अस्तु ।
ए. पोख्रेल ।






