१. एक छिन कल्पना गरौं त हाम्रो तराईका मैथिली, भोजपुरी, हिन्दी तथा काठमाण्डौका नेवार वा हिमालमा बोल्ने तिब्बती मातृभाषा भएका नागरिकले नेपाली भाषा बोल्न लेख्न जानेका छैनन् । कसैले यहाँ प्याच तर्क गर्ला, अहिलेको जमानामा नजान्ने भन्ने हुँदैन भनेर । यति मात्र भन्छु, त्यो उनीहरूको वाध्यता हो ।
२. अर्को कल्पना गरौं, यदि उनीहरूले नेपाली भाषा बोल्न र लेख्न नजानेसम्म नेपाल सरकारले नागरीकता वा पासपोर्ट दिएन भने, ती माथिका मातृ भाषा भएका नागरिकले नेपाल सरकार र नेपाल भन्ने देशलाई आफ्नो सम्झन्छन् वा सम्झदैनन् होला ?
३. बुँदा दुई काल्पनिक भयो ल ठीक छ । अर्को राम्रो उदाहरण हेरौं, भुटानमा भुटानी नागरिकता लिनको लागि अनिवार्य भुटानी भाषा जान्नु पर्ने सर्त राखिएको छ अहिले पनि । त्यो सर्त सन् १९९० को दशकमै राखिएको थियो । नेपाली मातृभाषा भएका भुटानीहरुलाई त्यो कुराले ठूलो समस्या आयो । यो कुरा एपी वान (AP 1) टेलिभिजनमा टिकाराम यात्रीसंग (सायद् अहिले बिर्सिएको कुन TV हो) एक जना नेपाली मूलका भुटानी इन्जिनियरले जो त्यहाँको ठूलो सरकारी पदमा थिए, ले भनेको सुनेको हो मैले । उनीहरूले आवाज उठाए, यो त अन्याय भयो भनेर । धेरै कारणहरू मध्ये यो पनि प्रमुख कारण थियो, उनीहरु त्यहाँबाट लखेटीनू । अरु प्रजातन्त्र आदि इत्यादि त छँदै थियो ।
४. उनीहरू नेपाल आए रुँदै रुँदै आफ्ना पुर्खाको देश सम्झिएर तर नेपालले पनि वर्षौसम्म अपमान मात्र गर्यो । उनीहरूलाई नागरिकता दिइएन । किन दिएन वा को कस्को कारण दिएन, यसको पछाडि ठूलो कारणहरु छन् । यति मात्र लेखौँ, एकमुष्ट राता रात नागरीकता दिने बिचार गरेका थिए राजा बीरेन्द्रले, तर नेपाल सरकारले सहयोग गरेन । यो कुरा धेरैलाई थाहा छैन होला ।
५. युक्रेन तीर लागौं । युक्रेनमा अहिले करिब २९.६% मातृ भाषा रसियन हो । बाकी करीब ६७.५% युक्राईनीन भाषी छन् र अन्य गरेर २.९% भाषाका नागरिक बस्दछन् । जनसख्या चाहिँ, ७७.८% युक्रानियन, १७.३% रसियन र ४.९% अन्य जातिका मानिसहरू छन् (जाती अनुसार मातृ भाषा उही देखाएन रेकर्ड हेर्दा)। यो धेरै सरोकार होइन, हाम्रो यहाँ ।
६. विशेष गरी पूर्वी युक्रेनको LPR र DPR (हाल दुई वटा, स्वतन्त्र राज्यको मान्यता दिएको रसियन संसद डूमा तथा अन्य चार राष्ट्रहरू ! ) क्षेत्रमा रसियन मूलका युक्रेनीको घना बस्ती रहेको छ । त्यहाँका जनतालाई युक्रेन सरकारले पासपोर्ट दिन अस्वीकार गर्यो, जबसम्म उनीहरूले त्यहाँको बहुमत युक्रेनीले बोल्ने भाषा लेख्न बोल्न नजाने सम्म ।
७. ती बस्तीका रसियन मूलका युवाहरुले क्रेमेलिन समक्ष धेरै कुराहरुको हार गुहार गरे, जस्तै: हामी रसियन भाषी भएकै कारण पासपोर्टबाट वञ्चित गरिएको छ भनेर ।
८. फल स्वरूप क्रेमिलिनले निर्यण गर्यो, छुट्टै देश युक्रेनका नागरिक भएता पनि, उनीहरूलाई विश्वको एउटा महाशक्तिशाली रसियाको पासपोर्ट दिने भनेर !
९. आज करिब आठ लाख भन्दा बढि पूर्वी यूक्रेनका विषेशगरी LPR र DPR क्षेत्रका युवाहरुसँग रसियन पासपोर्ट छ । त्यही लिएर विश्वमा ठाडो शिर उचाली हिँड्छन् । देश यूक्रेन तर पासपोर्ट रसियन ! त्यहाँ रहेका, रसियन मूलका जो सुकैले त्यो सुविधा पाउने निर्यण गरेको छ ।
१०. यहाँ स्मरणीय छ, चाइनाको उईगुर क्षेत्रका मानिसहरूलाई तपाईंले कहीं कतै विदेश तीर भेट्नु भयो भने र कुन देश हो तिम्रो भनेर सोध्यो भने, चाइना भन्दैनन् । “उईगुर” भन्छन्, जबकि त्यो देश नै होइन, कम्तिमा पनि आजको मितिसम्म । उनीहरूले त्यही सिकेका छन् तर किन ?
१०. त्यसै गरि बुँदा नं ६ वा ९ का (कम्तिमा आठ लाख र तिनीहरूको परिवार जस्तै बाबु आमा हजूर आमा हजुर बुवा) वा क्षेत्रका (LPR र DPR) जनताहरुले हालको मुख्य भूमि उक्रेनलाई आफ्नो सम्झने गर्छन् होला त मनभित्र बाट ? त्यही कारण र अन्य पनि छन् थुप्रै कारणहरु, उनीहरूले विद्रोह गरे, सन् २०१४ सम्ममा करिब १३ हजार रसियन भाषी पूर्वी युक्रेनीहरु, स्वतन्त्र राष्ट्रको लागि लडेर ज्यान गुमाएका छन् । यसरी LPR र DPR क्षेत्र १३ हजार जनताको रगतले सिञ्चित भूमि हो । त्यही कारण अस्ति १६ तारीखको दिन हजारौं पूर्वी उक्रेनिले, डूमाको निर्यण स्वागत गर्दै सड्कमा निस्किएर उत्सव मनाएको दृश्य अल जाजिराले प्रसारण गरेको थियो । इन्डियन टिभि मा समेत ।
११. यदि त्यही प्रकारको विभेद बुँदा नं एक (१) मा रहेका तपाइँ हामी नेपाली जनताले व्यहोर्नु पर्यो भने, नेपाल आफ्नो पनि देश हो भनेर माया गर्नु सक्नु हुन्छ ? भित्री मनबाट माया आउँछ ? अपनत्व महसुस गर्न सक्नु हुन्छ ? मेरो केशमा, म त सक्दिन ।
१२. आज प्रदेश नं दुई (२) ले मधेस प्रदेश किन राख्यो ? नेपाल सरकारले गरेको भनिएका अनेक प्रकारका जातीय, क्षेत्रीय, भाषिक, धार्मिक तथा सांस्कृतिक विभेदको लामो इतिहास भएकै कारण हो वा कुनै अन्य बाहिरी कारणहरू ? हामी आफै आफै विचार गरौं न ।
१३. म प्रजातन्त्रमा विश्वास गर्छु । मानव अधिकारमा विश्वास गर्दछु भन्ने, बड़ा ठूलो व्यक्तित्व भएको स्वाग देखाउने तर व्यवहारमा सधैं विरोधाभास वा अमूक शक्ति र श्रोतको ज्यू हजुर गरिराख्नेहरुबाट समाजमा वास्तविक र नजानिँदो पाराले वा सिधै देखिने गरी यस्तै प्रकारका द्वन्द निम्त्याउने गर्दछन वा देखिन्छ । युक्रेन सरकारले पनि प्रजातन्त्रको कुरा गर्छ होइन र ?
१४. यही १३ नम्बर र अर्को थरी मानिसहरू अहिले युक्रेनलाई लिएर दुई खेमामा बाँडिएको देखिन्छ । पुटिन वा युक्रेन सरकार ! बुझ्नेहरुले पनि निहित स्वार्थ लिएर एउटा पक्ष जबरजस्ती समातेर बोली रहेको पाइन्छ ।
१५. (क) ती अपमान सहनु परेको पूर्वी युक्रेनी जनताको तर्फ को छ ? (ख) युक्रेनी राष्ट्रपति संग को छ ? यस अर्थमा की, जो स्वच्छ मनले लडिरहेका छन् पुटिनसंग, तर उनलाई धोखा दिएको छ नाटो सदस्य राष्ट्रहरुले । नाटो (NATO) ले धोखा दिएको कुरा आँखा चिम्लेर, युक्रेनको पक्षमा छु भन्नुको कुनै अर्थ रहँदैन जस्तो लाग्छ, नेपालका ठूला बड़ाहरुबाट । (ग) पुटिन तर्फबाट हेर्दा र विश्वमा चलेको चलन हेर्दा:
छिमेकमा आणविक हतियार वा बम आउने भयो,
रसिया तर्फ सोझो पारेर राखिने भयो ।
उनको औपचारिक शंका यही हो ।
पुटिनले, त्यो म देख्न भोग्न नपरोस् भने ।
NATO तथा अमेरिका संग लिखित माग राखे ।
युक्रेनलाई तिमीहरूले NATO मा नलैजाऊ, मलाई असुरक्षा महसुस हुन्छ भने।
तर त्यो कुराको कुनै सुनुवाइ नभएको अवस्था छ आजका मितिसम्म ।
१६. जस्तै: तपाईंको छिमेकीले तपाईँको घर तर्फ हान्न आणविक हतियार वा बम ल्याउने षडयन्त्र र तयारी गर्दै गर्यो, पल्लो टोलसंग मिलेर, भन्ने थाहा पाउनु भयो भने, तपाईंले के के गर्नु हुन्छ ? जुन बमले तपाईंको घर खरानी होइन, खरानी पनि पग्लिएर झोल बनेर बग्न थाल्छ ओरालोतिर ! पहिला फकाउनु हुन्छ ? वा मृत्यु कुरेर बस्नु हुन्छ ?
कमजोर भए, मृत्यु कुरेर बस्नु हुन्छ अवश्य पनि । नमाने आफूले सकेको शक्ति प्रयोग गर्नु हुन्छ वा हुन्न ? यदि तपाईंसँग उसलाई जित्ने शक्ति छ भने, उसले आफ्नो घरमा बम ल्याउनु अघि नै उसको घर उडाई दिनु हुन्छ कि नाई, ताकि बम राख्न नसकोस् ? अहिले भएको रणाको यत्ति हो ।
अस्तु ।
ए. पोख्रेल ।




