सर्लाही । सर्लाहीको हरिवनबाट शसस्त्र प्रहरीले ठुलो मात्रामा भन्सार छलिको कपडा बरामद् गरेको छ । प्रदेश ३-०१-००६ ख ०७४४ नम्बरको यात्री बसमा लुकाई छिपाई भन्सार छलेर लैजाँदै गर्दा शसस्त्र प्रहरी बल सुरक्षा वेश क्याम्प हरिवन र शसस्त्र प्रहरी बल छिन्नमस्ता बाहिनिबाट खटिएको शसस्त्र प्रहरीको संयुक्त टोलीले विशेष सुचनाको आधारमा पुर्व पश्चिम लोकमार्ग अन्तरगत सर्लाहीको हरिवन नगरपालिका ११ बाट टिसट २ हजार ५ सय पिस अन्दाजी रु १० लाख बराबरको रहेको शसस्त्र प्रहरीले जनाएको छ ।
शसस्त्र प्रहरीका अनुसार महोत्तरीको सम्सी नाकाबाट काठमाडौंका लागि छुटेको प्रदेश ३-०१-००६ ख ०७४४ नम्बरको यात्री बसको पछाडिको डिकिबाट बिहिबार साँझ ८स् ३० बजे सो सामान बरामद् भएको हो । बरामत सामान भोलि बिहान जिल्ला भन्सार कार्यालय सर्लाही बुझाउने शसत्र प्रहरीले जनाएको छ ।




