पर्सा । वीरगंज महानगरपालिका २५ सिर्सियाबाट ३ सय २३ ग्राम १ सय ३० मिलिग्राम तौलको चाँदी जस्तो देखिने धातुबाट बनेका विभिन्न सामानहरू सहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सोही महानगरपालिका १६ नगवा बस्ने ३६ वर्षीय राम प्रकाश सर्राफ र ३९ वर्षीय कृष्ण सहनी रहेका छन् । इलाका प्रहरी कार्यालय छपकैयाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
बीआर ०५ बिके ४४१७ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त सामानहरूसहित फेला पारी पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वीरगंज भन्सार कार्यालय पठाइएको छ ।




